Skip to content
Recent News
१५ भाद्र २०८३, सोमबार

गीत

Click media

सम्राट चाैलागाई

खोली खनी, बालुवा

बेची,महाजन भयौ।

नाबालक चेली, सानैमा बेची,

धनवान् भयौ।

काहा थियो तिमी संगै यो धनै धन।

पुर्खाले दिएको एउटा

शिक्षाको ज्ञान।

सिपमा तिम्रो केही छैन

केबल बोली।

आखै मिची रुनु पर्ला दुख

पाई भोलि।

खोली खनी, बालुवा

बेची,महाजन भयौ।

नाबालक चेली, सानैमा बेची,

धनवान् भयौ।

आकाशमा तारा छैनन

तिम्राघर धेर।

छिमेकिलाइ रुवाएर आज

बन्यौ शेर।

काल पनि आउँछ होला लिन

सबैलाइ।

शुख किन्ने होइन साथी

सबैलाइ जलाइ।

खोली खनी, बालुवा

बेची,महाजन भयौ।

नाबालक चेली, सानैमा बेची,

धनवान भयौ।

NLICL

प्रतिक्रिया दिनुहोस्