काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आज भएको क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै रविन्द्र सेमिफाइनलमा पुगेका हुन् ।
रविन्द्रले सुरुमा म्याट्टी इयानसँग खेल्ने तय थियो । म्याट्टी घाइते भएपछि उनलाई फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनले रिप्लेस गरेका थिए । ब्यान्टमवेटमा प्रतिस्पर्धा गरिरहेका रविन्द्रले यस तौल समूहमा विजेता बने युएफसीको मुख्य स्टेजमा छनोट हुनेछन् ।
रविन्द्र पछिल्लो समय नेपाली एमएमएमा सबैभन्दा चर्चित फाइटरको रुपमा परिचित छन् ।
उनले गत वर्ष भारतको ग्रेटर नोइडामा भएको मेट्रिक्स फाइट नाइट १७ मा भारतका चुङरेन कवरेनलाई नकआउट गर्दै टाइटल जितेका थिए ।



प्रतिक्रिया दिनुहोस्