Skip to content
Recent News
३० भाद्र २०८३, मंगलवार

लुकाईएकाे अवस्थामा तीन थान भरुवा बन्दुक फेला

Click media

सुर्खेत । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक वनमा लुकाइछिपाइ राखिएका तीन थान अवैध भरुवा बन्दुक प्रहरीले फेला पारेको छ।

गोप्य सूचनाका आधारमा प्रहरीले वन क्षेत्रमा खोजतलास गर्दा बेवारिसे अवस्थामा बन्दुक भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईका अनुसार फेला परेका बन्दुक कसले र किन त्यहाँ राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्