Skip to content
Recent News
९ श्रावण २०८३, शनिबार

स्वास्थ्यमा समस्या देखेपछि डा. केसीको आईसियूमा राखेर उपचार गरिदै

Click media

धनगढी । २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ।

बिहीबारदेखि पाँचबुँदे माग राख्दै आमरण अनशनमा बसेका डा. केसीको शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डा.टघघ गजेन्द्र दुवालको नेतृत्वमा स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा उनको रक्तचाप ११०र९० र रक्तमा सुगरको मात्रा ५० एमजीरडीएल रहेको पाइएको थियो। चिकित्सकका अनुसार सुगरको मात्रा अत्यन्त न्यून भएकाले उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको हो।

चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सिफारिस गरेपछि उनलाई अस्पताल लगिएको हो। डा। केसीका सहयोगी अमृत जैशीका अनुसार स्वास्थ्य अवस्था बिग्रिँदै जाँदा मांसपेशी बाउँडिने, बोल्न असहज हुने, खुट्टाको शल्यक्रियाका कारण हिँडडुल गर्न कठिन हुने तथा बाथरुम जानसमेत समस्या भइरहेको छ।

यसबीच, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले डा. केसीका माग सम्बोधन गर्न तयार रहेको बताएका छन्। शुक्रबार साँझ मन्त्री पोखरेलले डा। केसीका सहयोगी अमृत जैशीसँग छलफल गरेका थिए भने राति करिब ११ बजे डा. केसीसँग पनि टेलिफोन संवाद गरेका थिए।

संवादका क्रममा मन्त्री पोखरेलले सरकार माग सम्बोधन गर्न प्रतिबद्ध रहेको र वार्ता टोली गठन गर्ने बताएका थिए। सम्भव भए आफू धनगढी आउने प्रतिबद्धता पनि उनले जनाएका छन्।

डा। केसीले पाँचबुँदे मागका अतिरिक्त सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ३०० शय्याको अस्पताल सञ्चालन, चिकित्सा शिक्षाको अध्ययन सुरु तथा उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने मागलाई आफ्नो प्रमुख अडान बनाएका छन्।

NLICL

प्रतिक्रिया दिनुहोस्