Skip to content
Recent News
११ बैशाख २०८२, बिहीबार

छाेराले कुट्दा बुबाकाे मृत्यु

Click media

कोहलपुर नगरपालिका–८ पिपरीका ७० वर्षे नैनसिंह क्षेत्रीलाई उनकै छोरा ४७ वर्षीय दिपबहादुर क्षेत्रीले दाउराले हानेर हत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी धर्मराज भण्डारीका अनुसार छोरा दिपबहादुरले प्रहरीसमक्ष रिसको झोँकमा कुटेको स्वीकार गरेका छन् ।

प्रहरीले बाबुको हत्या गरेको आरोपमा छोरा दिपबहादुरलाई पक्राउ गरेर अनुसन्धान थालिएको उनले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा आइतबार राति दुवै जनाले रक्सी खाएको र केही समयपछि झगडा भएपछि छोराले बाबुको हत्या गरेको हुनसक्छ ।

‘छोरा दिपबहादुरले अधिक रक्सी पिएर मात्तिएको अवस्थामा घर फर्केपछि घरमा रक्सी पिएर बसेका बुवा नैनसिंहसँग झगडा भएपछि छोरा केही समय बाहिर गएको र पछि आएर कुटपिट गरेपछि गम्भीर अवस्थामा उपचारका क्रममा अस्पतालमा बाबुको मृत्यु भएको हो । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्