Skip to content
Recent News
३० श्रावण २०८३, शनिबार

कांग्रेसकाे सांसदले नै मागे धनराजकाे राजिनामा

Click media

काठमाडाै ।सहकारी ठगीमा नाम मुछिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकाे राजिनामा  कांग्रेसकै नेता भीमसेनदास प्रधानले माग गरेका छन् ।

रिपोर्टर्स नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रश्न उठेपछि उपसभापति र सांसद दुवै पदबाट नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्।

उनले भने, ‘यो उहाँको आत्मनिर्णय गर्ने हो । विगतमा शेरबहादुर तामाङ, रामशरण महत, केशरबहादुर विष्टले पनि राजीनामा दिनुभयो । आत्मसमीक्षा गर्नुपर्छ । धनराजले संसदमा नै यदि त्यस्तो हो भने ममाथि छानबिन होस् भन्नुभयो । छानबिनले कारबाही सिफारिस गरेको छ ।’

नेता प्रधानले राजीनामा नदिए कांग्रेसले पार्टीभित्र छलफल गर्नुभन्दा अगाडि नै उपसभापतिले छानबिनको रिपोर्ट नआएसम्म पार्टी र संसदको बैठकमा उपस्थित हुन्नँ भन्न सक्नुपर्ने बताए ।

NLICL

प्रतिक्रिया दिनुहोस्