Skip to content
Recent News
६ जेष्ठ २०८३, बुधबार

कांग्रेस सभापति देउवा रिसाएकाे एक मिनेटमा सरकार ढल्छ: रवि लामिछाने

Click media
काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवा रिसाएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने बताएका छन्।
आज रास्वपाको संविधान मन्थन, व्यवस्थाको स्थायित्व र नागरिकको अपेक्षाबारे आयोजित कार्यक्रममा बोल्दै दुईतिहाइ शक्ति भएको सरकारमा पनि आत्मविश्वास नदेखिएको टिप्पणी गरे।

उनले भने, ‘दुई दितहाइको सरकार नै सबैभन्दा बढी अस्थिर छ। जनतामा आशा पलाउनुपर्ने हो, प्रधानमन्त्रीमा कन्फिडेन्ट आउनुपर्ने हो। मन्त्रीहरूमा चार्मिङ आउनुपर्ने हो। तर, खै देखिँदैन। यता टिसर्ट लगाएको मान्छे समातेको छ उता उपसभामुखलाई तान्नेकि त्यतातिर लागेको छ ।

दुईतिहाइ सरकारको कुनै प्राथमिकता नभएको भन्दै संविधान संशोधन गर्छु भनेर आफ्नो राजनीतिक सौदाबाजी गर्न नमिल्ने तर्क गरे।

 

NLICL

प्रतिक्रिया दिनुहोस्