Skip to content
Recent News
४ श्रावण २०८३, सोमबार

राष्ट्रिय युवा संघको बृक्षारोपण

Click media

दोलखा/राष्ट्रिय युवा संघ दोलखाले भीमेश्वर नगरपालिका वडा नम्बर– ५ को पर्यटकीय केन्द्र पिपलबोट क्षेत्रमा बृक्षारोपण गरेको छ ।
संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको भन्ने नाराका साथ राष्ट्रिय युवा संघले सुरु गरेको एक युवा, पाँच विरुवा एक महिने अभियान अन्र्तगत पिपलबोटमा बृक्षारोपण कार्यक्रम आयोजना गरिएको राष्ट्रिय युवा संघ दोलखाका अध्यक्ष सरोज वस्नेतले बताउनु भयो ।
सो अवसरमा धुपी, कपुर, लिचीका साथै विभिन्न जातका फूलका एक सय वटा विरुवा रोपिएको अध्यक्ष वस्नेतले बताउनुु भयो ।
कार्यक्रममा नेकपा एमाले दोलखाका उपसचिव एवं प्रचार विभाग प्रमुख हरि ओली, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य भुवन गुरुङ, भीमेश्वर नगरपालिका वडा नम्बर– ५ का वडा अध्यक्ष बासु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

NLICL

प्रतिक्रिया दिनुहोस्