काठमाडौँ/नेपाल गजल प्रतिष्ठानले आयोजना गरेको गजल मुशायराको चौथो श्रृङ्खलाको अवसरमा गजलकार भोजराज घिमिरेको गजल संग्रह ‘नाद’को विमोचन गरिएको छ ।
‘म उसै छदै थे पागल, नहुदा तिमी नजिकमा
नभई भएछु घायल, नहुदा तिमी नजिकमा ।’
![](https://kharokhabar.local/wp-content/uploads/2024/05/df1c53a9-dcdb-4f4c-831d-a327712e01ab-1024x682.jpg)
राष्ट्रिय नाचघरको प्रेक्षालयमा सङ्गीतकार सन्तोष श्रेष्ठ र लालकाजी श्रेष्ठको कर्णप्रिय धून र सुमधुर स्वरमा गुञ्जीएको ‘नाद’का शब्दहरुले कार्यक्रमलाई थप रोमाञ्चक र उत्साहजनक बनाई दिएको थियो ।
घिमिरेको गजल संग्रह ‘नाद’को शास्त्रीय बहरबद्ध गजलका रदीफ र काफीयामा तन्किएका शब्दलहर भित्रका प्रेमील अर्थको प्रशंसागर्दै गजलकार भुवन निस्तेज र घनेन्द्र ओझाले पुस्तकको समिक्षा गरेका थिए ।
कार्यक्रममा गजलकार भुवन बोहोरा निस्तेज, आर्य आयुषा र त्रुपकलाई सम्मान गरिएको नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले बताउनु भयो । सो अवसरमा खुला प्रवेश गरिएको मुशायरामा सम्मानित गजलकारत्रयले शास्त्रीय बहरबद्ध गजलहरु तरन्नुम र तहतमा वाचन गरेका थिए ।
![](https://kharokhabar.local/wp-content/uploads/2024/05/51cebed9-855a-4348-8e5a-afca5c5be57c.jpg)
नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नादका कृतिकार भोजराज घिमिरे, गजलकार शान्ती निहारीका लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्