Skip to content
Recent News
१८ बैशाख २०८३, शुक्रबार

पत्रकार चिरञ्जीवी मास्केलाई मानव अधिकार, सामाजिक सेवा पुरस्कार

Click media

दोलखा/मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपालको ३१ औ साधारण सभा तथा ३२ औ बार्षिक उत्सवको अवसरमा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य एवं पत्रकार चिरञ्जीवी मास्केलाई पुरस्कृत गरिएको छ ।
हुराडेक नेपालको संस्थापक एवं राजनीतिज्ञ स्व. पशुपति चौलागाईको स्मृतिमा स्थापना गरिएको स्व. पशुपति चौलागाई स्मृति मानव अधिकार, सामाजिक सेवा पुरस्कार– २०८० बाट पत्रकार चिरञ्जीवी मास्केलाई नगद सहित पुरस्कृत गरिएको हो ।
पुरस्कार वितरण कार्यक्रममा बागमति प्रदेशका सांसद भरत बहादुर केसीले अधिकारकर्मीहरुले अब आर्थिक अधिकार र विकासको अधिकारको विषयमा समेत आवाज उठाउनुपर्ने आवश्यकता देखिएको बताउनु भयो ।
हुराडेक नेपालका अध्यक्ष एवं दोलखाका इन्सेक प्रतिनिधि उद्धव प्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुरस्कृत पत्रकार चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, नेपाल वार एशोसियसन दोलखाका अध्यक्ष कृष्ण वस्नेत, हुराडेक नेपालका पूर्व अध्यक्ष होम पाठक र सचिव जिवसराज खड्काले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

NLICL

प्रतिक्रिया दिनुहोस्