Skip to content
Recent News
१ माघ २०८१, मंगलवार

कवि बेलबासेलाई व्यथित काव्य सम्मान

Click media

काठमाडौँ/थुप्रै कविता संग्रह प्रकाशीत गरिसकेका कवि एवं पत्रकार ठाकुर बेलवासेलाई साहित्यिक पत्रकार संघले व्यथित काव्य सम्मान– २०८० प्रदान गर्ने भएको छ ।
अर्घाखाँची स्थायी घर भएका कवि बेलवासेको सागरको वरिपरी मनहरुको समारोह (२०५८), अचानक यो साँझ (२०६६), त्रासमा इश्वर र अन्य कविताहरु (२०६९), यतैकतै (२०७७) लगायतका कविता संग्रह प्रकाशीत भै सकेका छन् । प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य समेत रहेका कवि बेलवासेले यस अघि निवय रावल स्मृति प्रतिभा पुरस्कार, राष्ट्रिय कविता महोत्सव पुरस्कार, नेपाल प्रज्ञा प्रतिष्ठान (प्रथम), युवा बर्ष मोति पुरस्कार, साँझा पुरस्कार, भोग्यप्रसाद शाह पत्रकारिता पुरस्कार लगायतका सम्मान प्राप्त गरिसक्नु भएको छ ।
त्यसैगरी संघले व्यथित काव्य डायस्पोरा सम्मान– २०८० कवि खेमनाथ दहाललाई प्रदान गर्ने निर्णय गरेको छ । तेह्रथुमका कवि दहालको बिभिन्न कविता संग्रह तथा खण्डकाव्य प्रकाशीत भएका छन् ।
साहित्यिक पत्रकार संघले २०३९ सालबाट व्यथित काव्य सम्मान प्रदान गर्दै आएको यो । यो पुरस्कारबाट कवि बेलबासे सहित हालसम्म ४२ जना कविहरु सम्मानित भैसकेको संघका अध्यक्ष राधेश्याम लेकालीले बताए ।
त्यसैगरी व्यथित काव्य डायस्पोरा सम्मानबाट कवि दहाल सहित हालसम्म सात जना सम्मानित भै सकेको अध्यक्ष लेकालीले बताए ।

NLICL

प्रतिक्रिया दिनुहोस्