Skip to content
Recent News
३ श्रावण २०८३, आईतवार

दोलखा जिल्ला निर्माण व्यवसायी संघमा निर्वाचनको तयारी

Click media

दोलखा/दोलखा जिल्ला निर्माण व्यवसायी संघको आठौ जिल्ला अधिवेशन तथा १५ औ र १६ औ बार्षिक साधारण सभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । बुधवार सदरमुकाम चरिकोटमा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रबि सिंहले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
दोलखा जिल्ला निर्माण व्यवसायी संघका अध्यक्ष शम्सेर घिसिङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रबि सिंह, महासचिव रोशन दहाल, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, नेकपा एमाले दोलखाका सचिव स्वयम बहादुर खड्का, राप्रपा दोलखाका प्रवक्ता भानुप्रसाद शिवाकोटी, राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका सभापति दिनेश वस्नेत, शैलुङ गाँउपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ, दोलखा जिल्ला निर्माण व्यवसायी संघका उपाध्यक्ष राजेश श्रेष्ठ, महासचिव राजेश थापा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
संघमा नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ताको काम भै रहेको निर्वाचन समितिका सदस्य गोकर्ण भण्डारीले बताउनु भयो । अध्यक्षमा पूर्व अध्यक्ष रामेश्वर उप्रेती, वर्तमान महासचिव राजेश थापा र वर्तमान कार्यसमिति सदस्य कृष्ण पाख्रीनले उम्मेदवारी दिने तयारी गरेका छन् ।

NLICL

प्रतिक्रिया दिनुहोस्