Skip to content
Recent News
२६ बैशाख २०८३, शनिबार

१० औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु

Click media

दोलखा/१० औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता दोलखाको उत्तरी केन्द्र सिंगटीमा मंगलवारबाट सुरु भएको छ । दोलखा जिल्ला खेलकुद विकास समिति दोलखाले आयोजना गरेको प्रतियोगीताको सह– आयोजक दोलखाको विगु गाँउपालिका रहेको छ ।
प्रतियोगीताको उद्घाटन दोलखाबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य गंगा कार्कीले गर्नु भएको छ । उद्घाटनको क्रममा उहाँले विकास, समृद्धि, अनुशासन सबैको लागि खेलकुदको महत्व रहेको बताउनु भयो ।


दोलखा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामहरि शिवाकोटीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, भीमेश्वर नगरपालिकाका प्रमुख इश्वरनारायण मानन्धर, विगु गाँउपालिकाका प्रमुख सञ्जीव ओली, मेलुङ गाँउपालिकाका प्रमुख हिरा कुमार थोकर, तामाकोशी गाँउपालिकाका उपप्रमुख सृजना सुवेदी, विगु गाँउपालिकाका पूर्व प्रमुख युधिष्ठीर खड्का, प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
आगामी माघ १३ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा भलिबल, दौड, हाईजम्प, लमजम्प, त्रिपलजम्प, ज्याबलिङथ्रो, कर्भडी र मार्सलआर्ट खेलहरु मा छात्र तथा छात्राहरु बीच प्रतिस्प्रर्धा हुने छ । प्रतियोगीतामा दुई नगरपालिका र सात गाँउपालिकाको टिम सहभागि रहेको दोलखा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामहरि शिवाकोटीले बताउनु भयो ।

NLICL

प्रतिक्रिया दिनुहोस्