Skip to content
Recent News
३० असार २०८३, मंगलवार

रास्वपा दोलखाको संयोजकमा दिनेश वस्नेत

Click media

दोलखा/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाको प्रथम जिल्ला भेलाले युवा व्यवसायी दिनेश वस्नेतलाई जिल्ला संयोजक चयन गरेको छ । भेलाले २७ सदसिय जिल्ला कार्यसमिति र ११ सदसिय जिल्ला सचिवालय समेत निर्माण गरेको भीमेश्वर नगर संयोजक श्याम कायष्थले बताउनु भयो ।
राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाका सहसंयोजक जलहरि शिवाकोटीको सभापतित्वमा सम्पन्न प्रथम जिल्ला भेलाको उद्घाटन पार्टीको केन्द्रीय सदस्य एवं बागमति प्रदेश सभापति अचुतम लामिछानेले गर्नु भएको थियो ।
कार्यक्रममा पार्टीको केन्द्रीय सदस्य एवं बागमति प्रदेश सभापति अचुतम लामिछान, जिल्ला संयोजक दिनेश वस्नेत, पूर्व संयोजक पूर्ण बहादुर तमाङ, दोलखा निर्वाचन क्षेत्रिय समिति सभापति हरि चौलागाई, युवा नेता जगदिश खरेल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

NLICL

प्रतिक्रिया दिनुहोस्