Skip to content
Recent News
७ आश्विन २०८३, बुधबार

एमाले संसदीय दलकाे उपनेतामा अर्याल मनाेनित

Click media
काठमाडौँः नेकपा (एमाले)ले संसदीय दलको रिक्त उपनेता पदमा पार्टी सचिव एवं पूर्वमन्त्री पद्मा अर्याललाई चयन गरेको छ।

एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले अर्याललाई सो जिम्मेवारीका लागि मनोनित गरेका हुन् । प्रमुख सचेतक ऐन महरका अनुसार समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी सचिव अर्यालले अब दलको उपनेताको भूमिका निर्वाह गर्नेछिन्।

यसअघि नै एमालेले संसदीय मोर्चालाई व्यवस्थित बनाउन प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानीलाई जिम्मेवारी दिइसकेको छ। अर्यालको मनोनयनसँगै एमाले संसदीय दलको पदाधिकारी टोलीले पूर्णता पाएको छ।

NLICL

प्रतिक्रिया दिनुहोस्