काठमाडौं ।राष्ट्रियसभा सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाको निर्वाचनमा चुनाव लड्नका लागि उनीहरुले राजिनामा दिएका हुन् ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उनीहरूले लिखित राजीनामा बुझाएका हुन् ।
नेकपाका नेता श्रेष्ठ सर्लाही ३ बाट उठ्दै छन् । त्यस्तै वामदेव बर्दिया १ बाट र एमालेकी न्यौपाने तनहुँ १ बाट उम्मेदवारी दिँदै छन् ।



प्रतिक्रिया दिनुहोस्