Skip to content
Recent News
२७ भाद्र २०८३, शनिबार

रविलाई दस दिन हिसासतमै राख्न कास्की जिल्ला अदालतकाे अनुमति

Click media

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएका हुन् ।

मंगलबारसहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन र अहिले १० दिन म्याद थपिएको हो ।

कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्