Skip to content
Recent News
८ मंसिर २०८१, शनिबार

विमानमा बम राखेकाे फेक हल्लाले त्रिभुवन विमानस्थलमा आज पनि तनाव

Click media

काठमाडाै । एयर इण्डियाकाे विमानमा बम राखेकाे फेक हल्लाले त्रिभुवन विमानलमा आज पनि तनाव सिर्जना गरायाे ।

काठमाडौंबाट दिल्ली फर्किने तयारीमा रहेको भारतीय वायुसेवा एयर इण्डियाको जहाजमा अज्ञात समूहले बम राखेको सूचना सार्वजनिक भएपछि जहाजमा बसिरहेका यात्रुहरूलाई ओरालेर जाँच गर्न थालिएको थियाे ।

एआई २१६ उडान नम्बरको यो विमानबाट दिल्ली जाने ५५ नेपालीसहित १५८ यात्रु रहेका छन् । बमको सूचनापछि सुरक्षाकर्मीले सबै यात्रुलाई बेग्लै राखेर जाँच गरेका हुन् । बमको हल्लाका कारण उक्त जहाज नजिकै रहेको हिमालय एयरलायन्सको विमानलाई हटाइएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको जहाजमा बम रहेको हल्लापछि नेपाल प्रहरी, नेपाली सेनाले सुरक्षा जाँचका लागि जहाजलाई नियन्त्रणमा लिएको थिए । दिल्लीमा रहेको एयर इण्डियाको कार्यालयबाट काठमाडौं विमानस्थललाई बम रहेको खबर आएको स्रोतले जनायो । ‘उता कुनै समूहले काठमाडौंमा अवतरण भएको जहाजमा बम रहेको खबर गरेको रहेछ । हाम्रो सुरक्षा निकायले उक्त विमानलाई प्रोटोकल अनुसार जाँच गर्न थालेका छन् ।’

यसअघि पनि बम राखेकाे फेक हल्लाले तनाव बनाएकाे थियाे ।

आज पनि त्यस्तै भयाे ।सुरक्षा जाँचबाट बम राखेकाे फेक भएकाे पत्ता लागेपछि एयर इण्डियाकाे विमानलाई उडाउने तयारी गरिरहेकाे छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्