Skip to content
Recent News
४ आश्विन २०८३, आईतवार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ जम्मा

Click media

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम हिजो असोज ३० गतेसम्मको हो ।

कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ । असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित दश सङ्गठित संस्थाले रकम प्रदान गरेका छन् ।

काेषमा साल्ट ट्रेडिङ कर्पोरेशनले रु ६१ लाख, गैरआवासीय नेपाली सङ्गठनले रु ५१ लाख तथा राष्ट्रिय समाचार समितिले रु तीन लाख २६ हजार ३८ राहत कोषमा दाखिला गरेका छन् ।

यस्तै कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती सङ्घ, नेपाल इन्सुरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनीलगायत रहेका छन् ।

NLICL

प्रतिक्रिया दिनुहोस्