Skip to content
Recent News
९ मंसिर २०८१, आईतवार

डाेल्पामा ट्राफिक प्रहरीसङ्ग मापसे चेक गर्ने उपकरण नहुँदा समस्या

Click media

डाेल्पा । डाेल्पाकाे ट्राफिक प्रहरीलाई आवश्यक पर्ने उपकरण तथा सामग्रीहरु नहुदाँ समस्या भएकाे  छ । सवारी दुर्घटना न्यूनिकरणमा महत्वपुर्ण भुमिका खेल्दै आएको ट्राफिक प्रहरीलाई सवारी चेकजाचका क्रममा अतिआवश्यक पर्ने सामग्रीहरु नहुँदा समस्या हुने गरेको हो ।

डाेल्पा जिल्लामा मादक पदार्थ सेवन चेकजाँच गर्ने ब्रेथालाइजर नभएकाे जिल्ला ट्राफिक कार्यालय डाेल्पाले जनाएको छ। हिजाे जिल्ला समन्वय समिति डाेल्पाकाे आयाेजनामा संचालित सवारी दुर्घटना न्युनिकरण कार्यक्रममा मापसे चेकजाँच गर्ने ब्रेथालाइजर नहुदा समस्या भएकाे ट्राफिक प्रहरी डाेल्पाले जनाएको हाे।

ट्राफिक प्रहरीका अनुसार हाल डाेल्पामा अनुमानकाे भरमा मापसे र लापसे चेकजाँच गर्ने गरेकाे जनाइएकाे छ। डाेल्पाकाे दुनै, कालागाैडा, त्रिपुराकाेट र खदाङमा ट्राफिक प्रहरीले सवारी साधन चेकजाँच गरिरहेको छ।

सडकको पहुँच पुगेसंगै डाेल्पामा पनि सवारी साधनकाे चाप बढेकाे छ, तर चेकजाँचका लागि ब्रेथालाइजर लगायत अन्य उपकरण नभएकाेले समस्या भइरहेकाे छ । साेकाे लागि डाेल्पा ट्राफिककाे लागि सम्बन्धित ठाउँमा पहल गरेकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रमुख डिएसपी हरिकृष्ण केसीले जानकारी दिए ।

NLICL

प्रतिक्रिया दिनुहोस्