Skip to content
Recent News
६ मंसिर २०८१, बिहीबार

नक्कली सई बनेर ठगिहिड्ने मान्छे प्रहरी खाेरमा

Click media

 काठमाडौ।आफूलाई प्रहरीकाे सई बनेर ठग्दै हिड्ने व्यक्ति प्रहरी खाेरमा जाकिएकाे छ । एक वर्षअघि नै प्रहरीको कार्यालय सहयोगीबाट जागिर छाडेका उनी आफूलाई सई भन्दै ठग्दै हिडेका थिए ।  

उनले सई बताउँदै मान्छे पक्राउ गरिदिने भनेर ठगी गरेको खुलेको छ ।

ठगी आरोपमा पूर्वकार्यालय सहयोगी तथा नक्कली सई खोटाङको जन्तेढुंगा गाउँपालिका–३ घर भइ काठमाडौं बस्दै आएका २९ वर्षीय गोविन्द श्रेष्ठ पक्राउ परेका हन् ।

उनले चेक बाउन्स मुद्दाका फरार प्रतिवादी सरिता तामाङलाई पक्राउ गरिदिने भन्दै १५ हजार रुपैयाँ लिएर ठगी गरेको खुलेको छ ।

श्रेष्ठले आफू नेपाल प्रहरीको सई भएको बताउँदै तामाङलाई पक्राउ गरिदिने र त्यसका लागि १५ हजार चाहिने भन्दै ठगी गरेको आरोप छ ।

तामाङले आशिका वाईवा नाम गरेकी महिलालाई ४ लाख रुपैयाँ दिनुपर्नेमा ४ लाखको चेक दिएका थिए । तर उक्त चेक बाउन्स भएपछि वाइवा जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी थिइन् । त्यही बेला श्रेष्ठले आफू सई भएको बताउँदै ठगी गरेको खुलेको हो ।

पक्राउ परेका श्रेष्ठ २०७३ देखि २०८० सालम्म प्रहरी कार्यालय सहयोगीमा जागिर खाएका थिए । काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा रहेका बेला उनले जागिर छाडेको खुलेको छ ।

उनकाे विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।

 

NLICL

प्रतिक्रिया दिनुहोस्