Skip to content
Recent News
६ मंसिर २०८१, बिहीबार

डाेल्पामा महिलाहरुकाे पाठेघर परिक्षण सम्पन्न

Click media

डाेल्पा । महिलाहरुकाे पाठेघरसम्बन्धि राेग बढ्दै गएपछि यसमा सराेकारवालाहरुले चासाे र चिन्ता बढ्न थालेकाे छ । 

यही कारण डोल्पामा ३० बर्षभन्दा माथिका महिलाहरुले पाठेघरको मुखको क्यान्सरकाे परिक्षण गरिएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गरिएको परिक्षणको तथ्यांकअनुसार डोल्पामा हाल सम्म ६ सय ५४ जना महिलामा पाठेघरको मुखको क्यान्सरकाे परिक्षण गरिएको जनाईएकाे छ ।

जिल्लामा ३० देखि ४९ बर्ष सम्मका ५ सय ४५ महिला र ५० बर्ष भन्दा माथिका १ सय ९ जना महिलामा पाठेघरको क्यान्सरको जाँच गरिएको  स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डा. रत्नविर सुनारले बताए ।  सुनारले डोल्पा जिल्लाको आठौं जिल्ला सभामा यो तथ्यांक सार्वजनिक गरेका हुन । डोल्पामा पाठेघरको मुखको क्यान्सर भएका विरामी बढ्न सक्ने नकरात्मक सन्देश भएकाले यसलाई रोकथाम गर्न सवै सरोकारवा निकायले चासो राख्नुपर्ने आवश्यकता रहेको उनले  बताए ।

विशेष गरि डोल्पाजस्ता हिमाली क्षेत्रका महिलाहरु पाठेघर संग सम्बन्धीत विभिन्न रोगसंग जुधिरहेका छन । समग्र स्वास्थ्य, प्रजनन् र दीर्घायुको लागि महत्वपूर्ण पाठेघरको हेरचाहमा विशेष ध्यान नदिंदा विभिन्न रोग संगै क्यान्सर रोगको जोखिम बढ्न सक्ने भएकाेले यसरी परिक्षण गरिएकाे हाे  ।

NLICL

प्रतिक्रिया दिनुहोस्