Skip to content
Recent News
२२ बैशाख २०८३, मंगलवार

गजल

Click media

सम्राट चाैलागाई

भिडै भिडमा रुमलिएको तिम्रो त्यो शहर थियो

झिनो सानो डोरिमा अल्झेको हाम्रो रहर थियो।

जानिएन बुझिएन तिमिलाइ धन मन पर्छ भन्ने

त्यो सफा नजरमा बिझाउने चाम्रो जहर थियो।

आपत बिपत केही छैन जहाँनि तिम्रै चर्चा छ

चौपट्टै सिङ्गारिएको सजिएको तिम्रो नजर थियो।

बन्द छन ओठ बन्दै राख्यौ तिम्रा भित्री भावना

मलाइ मार्ने मन्द मन्द बिख जस्तै राम्रो अधर थियो।

कस्ता चाहनालाइ पन्छ्याइ तिमी मेरो नजिक आयौ

निदरीमा सम्झनिमा बिताउने त्यो काम्रो प्रहर थियो।

NLICL

प्रतिक्रिया दिनुहोस्