Skip to content
Recent News
८ मंसिर २०८१, शनिबार

विद्यालयको बार्षिक उत्सवमा अभिभावकलाई पनि मेडल

Click media

काठमाडौँ/भक्तपुरको सूर्यविनायक नयाँ वस्तिमा रहेको जुरिच किन्डर गार्डेन स्कूलले आफ्नो सातौ स्थापना दिवसको अवसरमा युकेजी पुरा गरेका विद्यार्थीलाई दिक्षित गर्दै शिक्षक र कर्मचारीलाई सम्मान गरेको छ ।
सो अवसरमा विद्यार्थीको सिकाईमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभिभावक र अतिरिक्त कृयाकलापमा उत्कृष्ठ हुने विद्यार्थीलाई मेडल र प्रमाणपत्र समेत प्रदान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालको अध्यक्ष बालकृष्ण वस्नेतले विदेश जाने विद्यार्थीहरुलाई रोक्न नेपालमै गरिखाने शिक्षा दिनु आवश्यक रहेको बताउनु भयो । २०७४ सालमा सात जना विद्यार्थीबाट सुरु भएको विद्यालयमा अहिले ६६ जना विद्यार्थी संख्या पुगेको र अहिले प्ले ग्रुप, नर्सरी, एलकेजी तथा युकेजी कक्षा सञ्चालन भै रहेको प्रिन्सिपल अमृत राउतले बताउनु भयो ।
विद्यालयमा व्यवहारीक शिक्षासंगै योग शिक्षा, नृत्य, गायन कक्षाहरु समेत सञ्चालन हुदै आएको र नयाँ शैक्षिक सत्रदेखी कराँते कक्षा समेत सञ्चालन गरिने प्रिन्सिपल राउतको भनाई छ । विद्यालयमा निकट भविष्यमानै कक्षा एक र दुई पनि सञ्चालन हुने राउतको भनाई छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्