Skip to content
Recent News
२३ माघ २०८१, बुधबार

भीमेश्वर नगरका विद्यार्थीलाई व्यवहारीक सीप

Click media

दोलखा/दोलखाको भीमेश्वर नगरपालिकाले कोच नेपालसंगको सहकार्यमा नगर भित्रका तीन हजार बढी विद्यार्थीको लागि व्यवहारीक सीप प्रशिक्षण सुरु गरेको छ ।
सदरमुकाम चरिकोटको कालिञ्चोक माध्यामिक विद्यालयमा आईतवारबाट सुरु भएको प्रशिक्षणमा नगरपालिकाका नौ वटा वडाका १२ वटा विद्यालयहरुबाट तीन हजार पाँच सय विद्यार्थीको सहभागिता रहेको कोच नेपालका संयोजक सिमोन खत्रीले बताए ।
एक हप्तासम्म सञ्चालन हुने व्यवहारीक सीप प्रशिक्षणमा सहभागिहरुले घरमा हुने विपद् व्यवस्थापन अन्र्तगत ग्यासजन्य आगजनी नियन्त्रण र प्राथमिक उपचार पद्धतिको विषयमा जानकारी पाउने संयोजक खत्रीले बताए ।
प्रशिक्षणकै क्रममा सहभागि विद्यार्थीहरु मध्य कक्षा ८, ९ र १० का छात्राहरुको लागि आत्मरक्षा तालिम समेत दिईने कोच नेपालका संयोजक खत्रीको भनाई छ । कोच नेपालले विगत देखीनै सामुदायिक विद्यालयका विद्यार्थीलाई आत्मरक्षा, विपद व्यवस्थापन र प्राथमिक उपचारको व्यवहारिक सिप सिकाउदै आएको र दोलखाको अन्य विद्यालयमा पनि यस्ता प्रशिक्षण तथा तालिम कार्यक्रम सञ्चालन गरिने संयोजक खत्रीको भनाई छ ।
विद्यालयस्तरमै विपद व्यवस्थापनको विषयमा जानकारी दिदा घरमा हुने विपदजन्य घटना न्यूनिकरणमा सहयोग पुग्ने र प्राथमिक उपचारको विषयमा समेत विद्यार्थीलाई सिप प्राप्त हुने विश्वासका साथ कोच नेपालसंगको सहकार्यमा प्रशिक्षण तथा तालिम कार्यक्रम आयोजना गरिएको भीमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर नारायण मानन्धरले बताए ।

NLICL

प्रतिक्रिया दिनुहोस्