Skip to content
Recent News
२२ श्रावण २०८३, शुक्रबार

रविसँगको भेटमा के भने धार्मिक अगुवाहरुले ?

Click media

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धार्मिक समुदायका अगुवाहरूसँग आज छलफल गरेका छन् ।

धार्मिक हिंसा भड्किएपछि सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले सभापति लामिछानेले धार्मिक समुदायका अगुवाहरूसँग छलफल गरेका हुन् ।

छलफलमा विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी, सचिवालय सदस्य राजुराज फुयाल, मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिद सहभागी थिए ।

छलफलपछि उनीहरूले रविको अगाडि मिलाए हात मिलाएर एकताको सन्देश दिएका छन्।

रविले छलफलमा दुवै संस्थाबाट संयुक्त वक्तव्य निकाल्न आग्रह गरे ।

उनले भने, ‘यहीँ बसेर बनाऔँ, यहीँबाट सन्देश दिऊँ। हामी यहीँ ड्राफ्ट गरौँ। यहाँहरू यदि सहमत हुनुहुन्छ भने श्रेय जसले पाए पनि फरक पर्दैन। यो श्रेय प्राप्त गर्ने दौडमा हामी छैनौँ। म त बिल्कुलै छैन। हामी जिम्मेवारी पुरा गर्न आएका हौँ।’

उनले नागरिकको धन–जन जोगाउनको लागि एकताबद्ध हुनुपर्ने बताए।

उनले थपे, ‘अलिकति पनि ढिला गर्‍यौँ भने त्यसले अर्को विध्वंस निम्त्याउन सक्छ। हाम्रा भाइ(भतिजाहरू लडिरहेका छन्, घेरिएका छन्, तड्पिएर हिँडिरहेका छन्। जसले जुन उद्देश्यले यो आगो झोसेको भए पनि यो आगोले डढाउने हाम्रै घर हो। तर त्यो सल्किँदै आउने त यहीँ हो।’

NLICL

प्रतिक्रिया दिनुहोस्