Skip to content
Recent News
१४ श्रावण २०८३, बिहीबार

एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

Click media

काठमाडौँ । नेकपा एमालेले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा गर्न सरकार पूर्णतः असफल भएको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको छ।

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सुनसरीमा हालै भएको दुःखद् घटनालाई लिएर प्रधानमन्त्रीको राजीनामा मागेकी हुन्।

अर्यालले विगतका घटनाहरूमा तत्कालीन सरकारलाई दोषी देखाउँदै राजीनामा माग्नेहरू नै अहिले सत्तामा रहेको स्मरण गराइन्। उनले फौजदारी अभियोगको कुरा गर्नेहरूले आजको घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरिन्।

‘काठमाडौँमा गोली चल्दा र मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले जवाफदेहिता लिनुपर्छ भन्नेहरू आज सुनसरीमा नागरिकको ज्यान जाँदा किन मौन हुनुहुन्छरु प्रधानमन्त्रीको पद सिंहदरबार सजाउनका लागि मात्र होइन’, उनले भनिन्, ‘देशमा अशान्ति हुँदा र जनता पीडामा पर्दा नेतृत्वले जनताको बीचमा गएर संवाद गर्नुपर्छ । हाम्रा पूर्खाको बलिदानले जोगिएको यो देशको विरासत कमजोर बनाउने हक कसैलाई छैन।’

राज्यले संयम अपनाउनुको सट्टा त्रास सिर्जना गरेर स्थितिलाई थप उत्तेजित बनाउने काम गरेको आरोप लगाइन्।उनले उक्त घटनामा मृत्युवरण गर्ने ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारका लागि सरकारको ध्यानाकर्षण गराइन्।

अर्यालले मुलुक संकटमा परेका बेला प्रधानमन्त्री ’बेखबर’ रहेको आरोप लगाइन्। प्रधानमन्त्रीले विगतमा संसदमा दिएको केही अभिव्यक्तिप्रति लक्षित गर्दै नेता अर्यालले राष्ट्रिय सार्वभौमिकतामाथि आँच आउने कार्य भएको दोहोर्‍याइन्। ‘दुई महिनादेखि हामीले प्रश्न उठाइरहेका छौँ, तर प्रधानमन्त्रीबाट अझै चित्तबुझ्दो जवाफ आएको छैन। संसद्मा बोलिएका आपत्तिजनक बोलीहरू सच्याइनुपर्छ’, उनले भनिन्।

अर्यालले बाढी पहिरो पीडितहरूको राहत र पुनस् स्थापनामा सरकारको सुस्तताप्रति आपत्ति जनाइन्।राज्यबाट सुकुमवासीहरूलाई व्यवस्थापन गर्ने नाममा होल्डिङ सेन्टरमा लगेर राख्ने र पछि अमानवीय ढंगले लखेट्ने कार्य भएको भन्दै उनले सरकारको गैरजिम्मेवार चरित्रको आलोचना गरिन्।

NLICL

प्रतिक्रिया दिनुहोस्