काठमाडौं । आज चोभारमा आगलागी भएको निजी कारका चालक सीट बेल्ट बाँधेको अवस्थामा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार मृतकको पहिचान हालसम्म खुलेको छैन । उक्त कारमा अन्य कोही पनि सवार थिएनन् । मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिँदै छ ।



प्रतिक्रिया दिनुहोस्