Skip to content
Recent News
२४ जेष्ठ २०८३, आईतवार

रास्वपा सभापति रवि लामिछाने दिल्लीमा

Click media

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दिल्ली पुगेका छन्। पाँच दिने भ्रमणका लागि सभापति लामिछाने केही बेरअघि दिल्ली ओर्लिएका हुन्।

उनलाई दिल्ली विमानस्थलमा भाजपाका महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरे।

उनी भाजपाका अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका हुन्। रविसँगै उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य छन्।

नयाँ दिल्लीमा रविले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने जनाइएको छ।

NLICL

प्रतिक्रिया दिनुहोस्