Skip to content
Recent News
४ जेष्ठ २०८३, सोमबार

एमाले पार्टीकाे सचिवालय बैठक बस्दै

Click media

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दैछ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा दिउसो आज १ बजे बैठक बस्न लागेको कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए ।

जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको हो । ११ औं महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरुले बताएका छन् ।

एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यलाई पालिकास्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ । हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानी तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ । यसैगरी केन्द्रीय विभाग तथा निकायमा जिम्मेवारी बाँडफाँडको तयारी छ ।

आजको बैठकले फागुनमा भएको निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मितिसमेत तोक्ने ती पदाधिकारीले जानकारी दिए ।

आजको बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुम्बासी, उनीहरुको व्यवस्थापन र सरकारका पछिल्ला काम कारबाही र यसले जनताका पारेको नकारात्मक असरका बारेमा पनि छलफल हुने नेताहरुले जनाएका छन् ।

NLICL

प्रतिक्रिया दिनुहोस्