Skip to content
Recent News
२५ कार्तिक २०८२, मंगलवार

चुनाव हुनेमा कांग्रेसको आशंका

Click media

काठमाडौं । नेपाली कांग्रेसले संसद् पुनर्स्थापनाको मागसँगै निर्वाचनको तयारीमा लाग्नुपर्ने निष्कर्ष निकालेको छ। सानेपामा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता डा.प्रकाशशरण महतले सुशीला कार्की नेतृत्वको सरकार संविधान अनुसार नबनेको बताए।

उनले भने, ‘यो सरकार न संवैधानिक व्यवस्थाअनुसार सरकार गठन भएको छ, न संसद् विघटन संविधान अनुकूल छ। त्यसैले हामीले असंवैधानिक भनेकै छौँ। त्यो अडान कायमै छ। निर्वाचनको मिति तोकिएको छ, जनतामा विश्वास गर्ने पार्टी भएकाले त्यसलाई नकार्न पनि सक्दैन।’

चुनावलाई सहज र निष्पक्ष रूपमा गर्नको लागि सरकार गम्भीर नदेखिएको उनको बुझाइ छ। उनले थपे, ‘निर्वाचन हुन्छ हुँदैन भन्ने कुरा पनि अन्योलमा परेको छ। हामीले संसद् पुनर्स्थापना बाटो पनि खुला राख्नुपर्छ।’

 

नेताहरूले बोल्ने क्रम नसकिएकाले भोलि फेरि बिहान ११ बजेदेखि बैठक बस्ने उनले बताए।

NLICL

प्रतिक्रिया दिनुहोस्