Skip to content
Recent News
३० असार २०८२, सोमबार

लुटपाटकाे उदेश्यले भक्तपुरमा वृद्धाको हत्या भएको प्रहरीकाे निकर्ष

Click media

 काठमाडौं। भक्तपुरमा मृत भेटिएकी वृद्धाको लुटपाटकाे उदेश्यले हत्या गरिएको प्रहरीले निकर्ष निकालेको छ ।

भक्तपुर नगरपालिका–३ दरबार स्क्वायर इचुगल्ली बस्ने ९४ वर्षीया विष्णुकुमारी त्वयनाको शव बुधबार साँझ ५ बजे दुबै हातखुट्टा बाँधिएको अवस्थामा फेला परेको थियो ।

वृद्धा माटो र इँटाले बनेको पुरानो ५ तले घरमा एक्लै बस्थिन् । उक्त घरका कोठाहरु थान्का बनाउने, मासु पसल र तरकारी पसलका लागि भाडामा दिइएको थियो ।

वृद्धाका छोराछोरी सूर्यविनायकमा बस्ने गरेको पाइएको प्रहरीको भनाइ छ । वृद्धा एक्लै ५ तले घरमा तलमाथि गर्ने, खाना बनाउनेलगायत आफ्नो काम आफैं गर्थिन् ।

उनीसँग के कति नगद तथा गरगहना थियो भन्ने यकिन हुन सकेको छैन । ‘लुटपाटका लागि हत्या भएको हो कि भनेर अनुसन्धान अघि बढाएका छौं । तर उनीसँग नगद तथा सुन के कति थियो भन्ने केही यकिन हुन सकेको छैन’ भक्तपुरका एक प्रहरी अधिकृत भन्छन् ।

भक्तपुरका डीएसपी ढुण्डीराज नेउपाने तालिमप्राप्त कुकुर समेत परिचालन गरेर अनुसन्धान गर्दा पनि अहिलेसम्म केही पत्ता लाग्न नसकेको बताउँछन् ।

शव पोस्टमार्टमका लागि भक्तपुर दुवाकोटको काठमाडौं मेडिकल कलेजमा पठाइएको छ ।

वृद्धाको शरीरमा चोटपटक नदेखिएकाले मुखमा कपडा कोचेर सास फेर्न नदिई हत्या गरिएको आशंका प्रहरीको छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्