Skip to content
Recent News
८ मंसिर २०८१, शनिबार

रविलाई तिहारपछि मात्र अदालत लगिने

Click media

काठमाडाै । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ ।

प्रहरीले लामिछानेसँग सरकारी वकिलको कार्यालयमा पटक पटक बयान लिएको थियो । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्दिकरणको विषयमा पनि अनुसन्धान भइरहेको छ ।

कार्तिक २ गते शुक्रवार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि गत बिहीबार कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।

लामिछानेलाई दिएको हिरासतमा राख्ने अनुमति बुधवार सकिएपछि आज तिहारदेखि तिहारको बिदा भएकाले अब उनलाई तिहारपछि अदालत खुले लगत्तै पेस गरिने कास्की प्रहरीको तयारी रहेको छ ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ ।

कास्की प्रहरीको बयान सकिएकोले अब लामिछानेलाई म्याद थप गरेर तिहारपछि रुपन्देही लैजाने बताइएको छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्