Skip to content
Recent News
२५ कार्तिक २०८२, मंगलवार

अविरल वर्षाका कारण सार्वजनिक सवारी साधनमा मात्र ७३ कराेडकाे क्षति

Click media

काठमाडाै । यही असोज ११ र १२ गते  परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै ७३ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार अविरल वर्षाका कारण रु ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति भएको हो।

क्षति भएकामध्ये पश्चिम नेपाल यातायात बस व्यवसायी प्रालिको ११ करोड ८८ लाख ८० हजार, नमस्ते नेपाल यातायात व्यवसायी प्रालिको दुई करोड ८५ लाख, गोरखा दरौंदी यातायात सेवा कम्पनीको रु ६० लाख बराबरको क्षति भएको महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए।

यस्तै, बाग्मती टिपर व्यवसायी संघको २७ करोड, नेपाल ट्रक टिपर व्यवसायी संघको २० करोड, महाकाली व्यवसायी बहुउदेश्यीय कम्पनी प्रालिको छ करोड ६५ लाख र रसुवागढी नाकामा चार करोड रुपैयाँ बराबरको क्षति भएको छ।

NLICL

प्रतिक्रिया दिनुहोस्