Skip to content
Recent News
१८ जेष्ठ २०८३, सोमबार

श्री एयरलाइन्सले भाेलीदेखि काठमाडाै-भरतपुर उडान भर्ने

Click media
काठमाडाै ।भाेलीदेखि श्री एयरलाइन्सले  काठमाडौं–भरतपुर–काठमाडौँ रुटमा उडान भर्ने भएको छ ।
कम्पनीले क्यु४००–८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ । ‘शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरेका छौं’, कम्पनीका कर्पाेरेट निर्देशक अनिल मानन्धरले भने, ‘नियमित उडान सुरु भएपछि उक्त रुटमा दैनिक दुई वटा उडान हुनेछ ।’

धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन । एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ । उनका अनुसार एकतर्फी भाडा रु चार हजार पाँच सय राखिएको छ । अहिले भरतपुर–काठमाडौँ–भरतपुर रुटमा बुद्ध एयरले एटिआर–४२ मार्फत दैनिक नौ वटा उडान भर्दै आएको छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्