Skip to content
Recent News
१० असार २०८३, बुधबार

दुर्गाकाे मुद्दामा सर्बाेच्चकाे कारण देखाउ आदेश

Click media

काठमाडाै । दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निदेवनमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो।

प्रसाईंले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइका लागि अन्तरिम आदेश माग गरेका थिए।

रास्वपा केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतले साइबर क्राइमको आरोपमा प्रसाईंविरुद्ध जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीको साइबर ब्युरोले  आइतबार उनकै निवास भक्तपुरबाट नियन्त्रणमा लिएकाे थियो।

जिल्ला अदालत काठमाडौँले आइतबार नै उनीमाथि अनुसन्धान गर्न तीन दिन हिरासतमा राखेर  अनुसन्धान गर्न अनुमति दिएको छ।

NLICL

प्रतिक्रिया दिनुहोस्