Skip to content
Recent News
१५ असार २०८२, आईतवार

१० औ अन्तराष्ट्रिय योग दिवसमा बिबिध कार्यक्रम

Click media

लाक्पा शेर्पा
दोलखा/जिल्ला प्रशासन कार्यालय दोलखा, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरिकोट र शिक्षा विकास तथा समन्वय इकाई दोलखाको संयोजनमा शुक्रवार १० औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले योग अभ्यास आजको आवश्यकता भएकोले हरेक मानिसले यसलाई आफ्नो दैनिकी बनाउनुपर्ने बताउनु भयो ।
स्वयंमका लागि योग, समाजका लागि योग भन्ने मुल नाराका साथ सदरमुकाम चरिकोटमा सम्पन्न कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, जिल्ला समन्वय समिति दोलखाका पूर्व प्रमुख डबल पाण्डे लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा पतंजली योग समिति दोलखाले १० मिनेटको समय अवधिमा शरीरलाई तन्काउने योग आशन ताडासन, शरीरलाई तताउने यौगिक जंगिङ र शरीरको पूूर्ण व्यायाम सुर्य नमस्कार प्रदशन गरेको थियो ।
त्यसैगरी जीवन विज्ञान प्रयोगशाला चरिकोटले योग अभ्यास र ब्रह्मकुमारी राजयोग उप सेवा केन्द्रले ध्यान योग गरेको थियो ।
त्यसैगरी त्रिपुरा ग्लोरियस एकेडेमी चरिकोटले पनि १० औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । विद्यालयमा अध्यनरत कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई पतंजली योग दोलखाले विभिन्न योग आसनहरु प्राणायाम, ध्यान लगायतका योग अभ्यास गराईएको विद्यालयका प्रधानाध्यापक तकदीर सुवेदीले जानकारी दिनुभयो ।

NLICL

प्रतिक्रिया दिनुहोस्