Skip to content
Recent News
३० श्रावण २०८३, शनिबार

गित

Click media

सम्राट चाैलागाई

कस्तो अन्योल र भुमरिमा

रह्यो जिन्दगी ।

बिचलित अनि बियोगमा

पर्यो जिन्दगी।

कर्मलाइ किन दोष दिने

भनेर हारे आफै।

कस्तुरिले बिणा खोजे झै

पर सर्यो जिन्दगी।

यता उता भौतारिदा डाडो

कट्यो उमेरको।

मृत्युलाई अंगाल्दै भाग्य

पर पर टर्यो जिन्दगी।

आश थियो सफलताको

शिखर चुम्दै जाने।

दुखै दुखको घडा अनि

पिडाले भर्यो जिन्दगी।

उस्को के मेरो के रहेछ

केलाउन जानिएन नि।

छुट्टै छुट्टै नाता राखी आज

एक्लै झर्यो जिन्दगी।

NLICL

प्रतिक्रिया दिनुहोस्