Skip to content
Recent News
१३ असार २०८३, शनिबार

डकुमेन्ट्री फिल्म ‘फ्रम द स्याडोज’ काठमाडौंमा प्रदर्शन

Click media

काठमाडौं । मानव बेचबिखनमा आधारित डकुमेन्ट्री फिल्म ‘फ्रम द स्याडोज’ काठमाडौंमा प्रदर्शन भएको छ । इम्पल्स एनजीओ नेटवर्कले काठमाडौंमा मानव बेचबिखन बारे डकुमेन्ट्री फ्रम द स्याडोज’ वृत्तचित्र प्रदर्शन गरेको हो ।

मानव बेचबिखन तथा शोषण विरुद्ध जनचेतना जगाउने र कारबाही गर्न उत्प्रेरित गर्ने उद्देश्यले यसको प्रदर्शन गरिएको थियो ।इम्पल्स एनजीओ नेटवर्कको कन्ट्री पार्टनर मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल, नेपाल इन्टरनेट फाउन्डेसन, सनवे कलेज, सेन्ट जेभियर कलेजको सहकार्यमा वृत्तचित्र प्रदर्शन गरिएको थियो । सो कार्यक्रममा सनवे कलेज र सेन्ट जेभियर्सका विद्यार्थी तथा शिक्षकहरू समेत सहभागी भएका थिए ।

कार्यक्रममा प्यानल सेसन समेत भएको थियो । सेसनमा वक्ताका रूपमा मरियम चण्डी मेनाचेरी, लिपाशा श्रेष्ठ, मीना शर्मा र ट्याटुम स्ट्रिट रहेका थिए । कार्यक्रममा मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालकी मिना शर्माले नेपालमा मानव अधिकार बारे थप चेतना र कामको थालनी गर्नुपर्ने बताइन ।

यस्तै नेपाल नेपाल इन्टरनेट फाउण्डेशनका अध्यक्ष विक्रम श्रेष्ठले मानव बेचबिखन विरुद्धको अभियानमा योगदान पुर्‍याउने सबै सहयोगी तथा सहभागीहरुलाई धन्यवाद दिदै यसको सचेतना फैलाउन र सकारात्मक परिवर्तनका लागि काम गर्नुपर्ने बताए ।

NLICL

प्रतिक्रिया दिनुहोस्