Skip to content
Recent News
२० कार्तिक २०८३, बिहीबार

जनकपुरमा लाग्यो अनिश्चितकालीन कर्फ्यू

Click media

काठमाडौं । धनुषा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ।

आज दिउँसो साढे ३ बजेदेखि लागु हुनेगरी प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले कर्फ्यू आदेश जारी गरेका हुन्।

जिल्ला सुरक्षा समितिको बैठक अनुसार अनिश्चित कालका लागि कर्फ्यू लगाइएको हो।

उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै पश्चिम सिनुरजोडा चोकसम्म पूर्वमा लक्ष्मीपुर बगेवा सम्म लगाइएको छ।

पूर्वतर्फ बेलौनी रोड, एमक्यु स्टीलबाट ५०० मिटर पूर्व पेट्रोलपम्प हुलाकी सडकदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म लगाइएको छ।

दक्षिणमा नगराइन नगरपालिकादेखि नगराइन चोकसम्म तनाव लगाइएको छ।

यस्तै पश्चिममा सिनुरजोडा-सोहनी-मनिमण्डप(नेपाल नर्सरी-इस्कोन जनकपुर-दुधमती पुल, बेला, कादरी मस्जिदसम्म कर्फ्यू लगाइएको हो।

NLICL

प्रतिक्रिया दिनुहोस्