Skip to content
Recent News
३ असार २०८३, बुधबार

पाँच भारतीय अपहरणकारी पक्राउ

Click media

चितवन । चितवनको नारायणगढबाट अपहरणमा परेका एक १६ वर्षीय बालकको प्रहरीले काठमाडौंबाट सकुशल उद्धार गरेको छ। सोमबार साँझ भारतीय नम्बर प्लेटको गाडीमा आएको ५/६ जनाको समूहले ती बालकलाई जबर्जस्ती नियन्त्रणमा लिएर बेपत्ता पारेको थियो।

अपहरणकारीहरूले बालकलाई चितवनबाट काठमाडौं ल्याई एक होटलमा बन्धक बनाएर परिवारसँग फिरौती मागिरहेको सूचना प्राप्त भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले सक्रियता बढाएको थियो। प्रहरीले विशेष सुराकीको आधारमा काठमाडौंको बसपार्क क्षेत्रमा रहेको उक्त होटलमा छापा मारी बालकलाई सकुशल फेला पारेको हो।

यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भारतको बिहार घर भएका ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुजित कुमार, मोहम्मद साहिद, र गोलु कुमार, बिक्कि कुमार तथा अर्का गोलु कुमार रहेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार, फिरौती माग्ने उद्देश्यले बालकलाई अपहरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका भारतीय नागरिकहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

NLICL

प्रतिक्रिया दिनुहोस्