Skip to content
Recent News
६ आश्विन २०८३, मंगलवार

शनिबारदेखि अवरुद्ध बीपी राजमार्ग अझै खुलेन

Click media

काभ्रे। गत शनिबार साँझदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेको छैन।

१२ गते शनिबार रोशी खोलामा आएको बाढीले बिगारेको डाइभर्सन आइतबार प्रायः स्थानमा बनीसकेको भएपनि आइतबार साँझको पानीले बनेका डाइभर्सन बगाएपछि पुनः अबरुद्ध भएको हो। राजमार्गको चिउरीबास, नार्के र चार सय बेशीमा आइतबार बनेको डाइभर्सन बगाएको छ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी खोलाले बगाएका १३ स्थानका डाइभर्सनमध्ये ८ स्थानको डाइभर्सन निर्माण भएपनि आइतबार साँझको पानीले बिगारेको जानकारी दिए। पुनः आज बिहानदेखि डाइभर्सन बनाउन सुरु भएको कार्कीको भनाइ छ।

 

NLICL

प्रतिक्रिया दिनुहोस्