Skip to content
Recent News
२९ पुष २०८२, मंगलवार

कांग्रसकाे केन्द्रीय कार्यसमिति बैठक बस्दै

Click media

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ छ । बैठक आज  बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन जारी छ । यसले कांग्रेस फुट्ने देखिएको छ । यो सहित समसामयिक राजनीतिक विषयमा छलफल र निर्णय गर्न बैठक बोलाइएको बुझिएको छ ।

संस्थापन पक्षले कार्यसमितिबाट बैशाखमा नियमित महाधिवेशन गर्ने मिति सार्वजनिक गरेको थियो । तर, महामन्त्रीद्वय गगन र विश्वप्रकाशले भने पुस्तान्तरणको मुद्दा उठाउँदै विशेष महाधिवेशन आयोजना गरेका हुन् ।

NLICL

प्रतिक्रिया दिनुहोस्