काठमाडौं । काठमाडौंमा आन्दोलन घोषणा गरेर एकाएक फरार भएका अभियन्ता डा. निकोलस भुसाल गोरखाबाट पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो ।
प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याएका कारण पक्राउ गरिएको हो ।
सार्वजनिक रूपमा अण्ठसन्ठ बोल्दै आएका भुसाललाई प्रहरीले खोजिरहेको थियो । ३ दिनअघि उनले माइतीघरमा प्रदर्शनको आव्हान गरेका थिए । तर, उनी भने आएका थिएनन् । त्यसबीचमा उनी परिवारकोको सम्पर्कमा समेत थिएनन् ।



प्रतिक्रिया दिनुहोस्