Skip to content
Recent News
९ मंसिर २०८१, आईतवार

मस्क बने मानव इतिहासकै धनी व्यक्ति

Click media
एजेन्सी । टेस्ला, एक्स तथा स्पेस एक्सलगायतका कम्पनीका मालिक एलन मस्क अहिलेको विश्वको सबैभन्दा धनी व्यक्तिमा पुनरागमन मात्रै गरेका छैनन् मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।

फोर्ब्सका अनुसार तीन खर्ब ३४ अर्ब ३० करोड कूल सम्पत्तिसहित मस्कले इतिहास रचेका हुन् । अमेरिकी रुाष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयसँगै उनका कट्टर समर्थक तथा सहयोगी बनेका मस्कको विद्युतीय कार कम्पनी टेस्लालगायतको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको हो ।

फोर्ब्सका अनुसार नोभेम्बर २२ शुक्रबार बजार बन्द हुने बेलासम्म मस्कको कूल सम्पत्ति ३ खर्ब २१ अर्ब ७० करोड डलर पुगेको थियो । टेस्ला कम्पनीको शेयर मूल्यमा ३.८ प्रतिशतले वृद्धि भई साडे तिन वर्षयताकै उच्च अर्थात् प्रतिशेयर ३५२ डलर नाघेपछि मस्कको सम्पत्ति एकैदिन ७ अर्ब डलर बढेको हो।

विश्वका धनाढ्यको सूचीमा पहिलो स्थानमा पुनः उक्लिएका मस्कको सम्पत्ति अहिले दोस्रो स्थानमा रहेका ओरेकल कम्पनीका अध्यक्ष ल्यारी इलिसनको भन्दा ८० अर्ब डलर धेरै छ ।

मस्कको कूल सम्पत्तिमध्ये अधिकांश हिस्सा उनको १३ प्रतिशत शेयर रहेको टेस्ला कम्पनीबाट प्राप्त भएको हो ।

अहिले मस्कको एआई कम्पनी एक्स एआईको मूल्य ५० अर्ब डलर पुगिसकेको छ र त्यसले पनि उनको सम्पत्ति बढाउन सहयोग गरेको छ । त्यस्तै दुई खर्ब १० अर्ब डलरको अन्तरिक्ष कम्पनी स्पेस एक्सको बजार पुँजीकरणले पनि मस्कको अर्बौं डलरको सम्पत्तिमा महत्वपूर्ण हिस्सा ओगटेको छ । स्पेस एक्समा मस्कको शेयरहिसा ४२ प्रतिशत रहेको छ ।

अमेरिकामा पछिल्लोपटक राष्ट्रपतिको चुनाव हुने दिनकोभन्दा अहिले मस्कको सम्पत्ति ७० अर्ब डलरले बढी छ । त्यसयता टेस्लाको ४० प्रतिशतले बढेको छ ।

आगामी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एलन मस्कको निकट सम्बन्धले गर्दा लगानीकर्ताहरुको मनोबल बढेको छ । वालस्ट्रिट जर्नलका अनुसार आगामी ट्रम्प प्रशासनले टेस्लालगायतका कम्पनीलाई फाइदा पुग्नेगरी नीति अख्तियार गर्नेछ ।

 

NLICL

प्रतिक्रिया दिनुहोस्