Skip to content
Recent News
२३ माघ २०८१, बुधबार

दार्चुलामा जीप दुर्घटना, छ जनाकाे गयाे ज्यान

Click media

मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्केर गोकुलेश्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बर को बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको दार्चुला प्रहरी कार्यालयले जानकारी दिएको छ।

तिर्थालु बोकेको जिप ग्वानीको बजानी नजिक सिराडको खोलामा जिप दुर्घटना भएको र मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

जिप सडकबाट धेरै तल खसेकाले केही यात्रु घाइते भएको हुनसक्ने र रातिको समयमा दुर्घटना भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

NLICL

प्रतिक्रिया दिनुहोस्