Skip to content
Recent News
६ मंसिर २०८१, बिहीबार

आफ्नै श्रीमती मार्ने दुई श्रीमान जेल चलान

Click media

उदयपुर। आफ्नै श्रीमतीको ज्यान मारेको कसुरमा पक्राउ परेका दुई जनालाई उदयपुर जिल्ला अदालतले पुर्पक्षकालागि थुनामा पठाउने आदेश दिएको छ ।

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं ६ जलजलेमा आफ्नी पूर्व पत्नीको टाउको छिनाएर जलजले बजार घुमाउने र बेलका ८ मा आफ्नी श्रीमतीलाई मट्टीतेल छर्केर आगो लगाउनेलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो ।

पूर्व श्रीमतीको टाउको छिनाउनेलाई जिल्ला अदालतका न्यायधीस दिपक कुमार खरेलको इजलासले र श्रीमतीलाई आगो लगाउनेलाई जिल्ला न्यायधीस हरिश्चन्द्र इङ्गनामको ईजालासले कार्तिक १३ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालत उदयपुरले जनाएको छ ।

असोज २२ गते ताप्ली गाउँपालिका वडा नं ४ थाना गाउँ घर भै त्रियुगा नपा ६ जलजले बस्ने वर्ष ३६ को जंग बहादुर घिसिङ तामाङले सामान्य विवादका कारण आफ्रनी पूर्व श्रीमती वर्ष २८ की प्रमीला लामालाई धारिलो खुकुरीले घाटीमा काटी टाउको हातमा लिएर हिँडेको अवस्थामा पक्राउ गरेर कारबाही सुरु गरेको थियो ।
त्यसैगरी बेलका नगरपालिका ८ का ४८ वर्षका दान बहादुर राईले असोज २२ गते घरायसी विवादका कारण ४० वर्षकी श्रीमती पूर्णकुमारी राईलाई राती साढे नौ बजे घरको भान्सा कोठामा शरीरमा मटितेल छर्किएर आगो लगाएका थिए । उनको छाती र खुट्टाको भाग जलेकोमा तत्कालै बिराटनगर स्थित पारस अस्पतालमा उपचारकालागि लगिएको थियो ।

आगोले जलेर घाइते भएकी पूर्ण कुमारीको बिराटनगर स्थित पारस अस्पतालमा उपचारको क्रममा  ज्यान गएकोले निजको श्रीमानलाई बेलका नपास्थित इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाइएको थियो ।

प्रहरीले दुबै घटनाका बारेमा आवश्यक अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन प्रस्तुत गरेकामा सरकारी वकिल कार्यालयबाट दुबै जनालाई जन्म कैदको सजाय माग गरेर ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको बताइएको छ ।

श्रीमतीको हत्या गर्ने दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ बमोजिम जन्म कैदको सजाय माग गरिएको छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्