काठमाडाै । नेकपा माओवादी केन्द्रले आज काठमाडाैमा जनप्रदर्शन गर्ने भएकाे छ ।
काठमाडाैकाे प्रदर्शनी मार्गमा पार्टी अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड) नेतृत्वमा जनप्रदर्शन हुने भएकाे हाे ।
सरकारबिरुद्व खबरदारी सभा गर्ने निर्णय माओवादीले गरेकाे थियाे । साेहीअनुसार आज खबरदारीसभा गर्न लागिएकाे हाे ।
माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहिनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्