Skip to content
Recent News
८ मंसिर २०८१, शनिबार

तिनाउ खाेलामा डुबेर भारतीय नागरिककाे ज्यान गयाे

Click media

बुटवल । तिनाउ गाउँपालिका-३ पावरहाउसस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतीय नागरिकको डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा नेपाल घुम्न आएका भारत उत्तरप्रदेश आग्राका २६ वर्षीय विशालकुमार जावत रहेका छन् ।

विशाल सोमबार साँझ पौने ६ बजेको समयमा पौडी खेल्ने क्रममा खोलामा डुबेका थिए । खोजीका क्रममा रुपन्देहीको इलाका प्रहरी कार्यालय बुटवलको क्षेत्रमा मृत फेला परेका हुन् ।

NLICL

प्रतिक्रिया दिनुहोस्