Skip to content
Recent News
९ मंसिर २०८१, आईतवार

नेपालका ओली र भारतीय माेदीबीच भेट वार्ता हुँदै

Click media

काठमाडाै ।संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षीबीच आज (शनिबार) भेट हुँदैछ । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आइतबार साँझ भेटवार्ताको समय तय भएको छ ।

उनीहरूबीच स्थानीय समयअनुसार साँझ साढे पाँच बजेदेखि ६ बजेसम्म होटेल लोटे न्युयोर्क प्यालेसमा ‘साइडलाइन’ भेटवार्ता हुने प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ । भेटका लागि नेपाली पक्षबाट धेरै अघिदेखि गृहकार्य भएको थियो । भारतीय पक्षबाट शुक्रबार सकारात्मक सन्देश पाएपछि भेटको वातावरण बनेको हो ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्रीसँग पहिलोपटक भेट हुन लागेको हो । यसअघि थाइल्याण्डमा तय भएको बिमस्टेक बैठकमा ओली र मोदीबीच भेटवार्ता हुने भनिए पनि बैठक नै स्थगित भएको थियो । लगत्तै भारत भ्रमणमा रहेका बेला परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन् । त्यसमा भारतले कुनै जवाफ दिएको थिएन । नेपालले निम्तो गरेको भएता पनि नेपालका प्रधानमन्त्री ओलीले अहिलेसम्म भारतीय पक्षसँग भ्रमणको औपचारिक निम्तो भने पाएका छैनन ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अरू पनि महत्वपूर्ण भेटवार्ता गर्दैछन् । मोदीसँगको भेटवार्ताअघि प्रधानमन्त्री ओलीले भुटानी समकक्षी छिरिङ तोब्गेबीच पनि भेटघाट तय भएको छ । परराष्ट्र मन्त्रालयले तयार पारेको कार्यतालिका अनुसार भुटानका राजासँग प्रधानमन्त्री ओलीले २० मिनेट छलफल गर्नेछन् । त्यस लगत्तै प्रधानमन्त्री ओलीले कुवेतका राजकुमार शेख सबाह अलसँग पनि भेटवार्ता गर्नेछन् । उक्त भेटको समय आधा घण्टा निर्धारण गरिएको छ । प्रधानमन्त्री ओलीले मंगलबार फिनल्याण्डका राष्ट्रपति एलेक्जेण्डर स्टब र सोमाका प्रधानमन्त्री फियम नाओटी माटा आफासँग पनि दुई पक्षीय छलफल गर्ने कार्यक्रम छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्